म्यानमारका भूकम्पपीडितलाई राहत सामाग्री लिएर नेपाल वायुसेवा निगमको जहाज जाने, सेनाले पनि पठाउने

म्यानमारका भूकम्पपीडितलाई राहत सामाग्री लिएर नेपाल वायुसेवा निगमको जहाज जाने, सेनाले पनि पठाउने

  • मङ्लबार, चैत्र १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

सरकारले म्यानमारका भूकम्पपीडितलाई सहायता सामग्री पठाउने भएको छ।

सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहयोग सामाग्री सहित विमान पठाउने निर्णय गरेको सञ्चार मन्त्री पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङले नेपाल सरकारका विभिन्न निकायमा मौज्दात रहेको राहत सामग्री म्यानमार पठाईने जानकारी दिए । हाल मौज्दात रहेको सामग्री पठाउने र त्यसको शोधभर्नाका लागि तत्कालै अर्थ मन्त्रालयले ती निकायहरुलाई रकम निकासा गर्ने निर्णय भएको उनले बताए।

नेपाल वायु सेवा निगमको जहाजमा राहत सामग्री पठाइनेछ। अर्थ मन्त्रालयले जहाजको भाडा भुक्तानी दिनेछ।

यस्तै नेपाली सेनाले आफ्नै जहाजमा मेडिकल उपकरणसहितको टोली पठाउने भएको छ।

म्यानमारमा गत शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ।

म्यानमारको सैन्य सरकारका अनुसार भूकम्पमा परी अहिलेसम्म २ हजार ५६ जनाको मृत्यु भएको हो। यस्तै ३ हजार ९०० भन्दा बढी मानिस घाइते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ