मकवानपुरको सिस्नेरी दहमा डुबेर तीनजना बालकको मृत्यु

मकवानपुरको सिस्नेरी दहमा डुबेर तीनजना बालकको मृत्यु

  • सोमवार, चैत्र १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

कवानपुर, चैत १८ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं। ३ मा स्थानीय सिस्नेरी कुलेखानी खोलाको दहमा पौडी खेल्न जाँदा डुबेका तीनैजना बालकको मृत्यु भएको छ ।

सोमबार दिउँसो पौडी खेल्न गएका उनीहरु पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुलाई अचेत अवस्थामा उद्धार गरिएको थियोे ।

इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरका प्रहरी निरीक्षक ललिता ढकालले अचेत अवस्थामा उपचारका लागि पाटन अस्पताल लगिएकोमा चिकित्सकले साँझ मृत घोषणा गरेका थिए ।

उहाँले दहमा डुबेर मृत्यु भएकामा इन्द्रसरोवर गाउँपालिका ३ का १४ वर्षीय सुशान्त आचार्य छन् । यस्तै, मृत्यु हुनेमा काभ्रे जिल्ला नमोबुद्ध घर भएका १४ वर्षीय प्रमेश घोरसाइनी र ११ वर्षीय प्रभात घोरसाइनी छन् ।

प्रहरी निरीक्षक ढकालले प्रमेश र प्रभात दाजु भाइ भएको बताउँदै उनीहरु परीक्षा सकेर काभ्रेबाट मामाघर आएको जानकारी दिनुभयो ।

दहमा डुबेर अचेत भएको दुई दाजुभाइलाई प्रहरी चौकी सिस्नेरी मकवानपुरका वरिष्ठ हवल्दार अवध हजाराले उपचारका लागि एम्बुलेन्समा राखेर लैजानु भएको थियो । यस्तै अर्का बालक आचार्यलाई उपचारका लागि निजी गाडीमा हालेर पठाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ