काँग्रेस एमालेको सरकारसँग मलाई गोली हान्ने बाहेक अब अर्को बिकल्प छैन : रवि लामिछाने

काँग्रेस एमालेको सरकारसँग मलाई गोली हान्ने बाहेक अब अर्को बिकल्प छैन : रवि लामिछाने

  • सोमवार, चैत्र १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काँग्रेस र एमालेप्रति आक्रोश व्यक्त गरेका छन् ।

सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि प्रहरी हिरासतबाट निस्किएपछि उनी पहिलोपटक पार्टी कार्यालय बनस्थलीमा फर्किएका हुन्।

गत कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका उनी ६ महिनापछि फर्किएका हुन्। त्यतिबेला उनलाई पक्राउ गरी कास्की लगिएको थियो।

म राजनीतिमा हुन्थिन भने मलाई यो दुख हुन्थेन। लुट मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने पछि हट्दैन,ु उनले भने, ुमलाई लागेको थियो केही समय बाहिर बसौँ। तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमा तरबार राख्यो भने यो डराएर एक जिल्लामा मुद्दा अघि नबढाइराखेको छ। तरबार खसाल म थाप्न तयार छु। म टुलुटुल हेरेर बस्ने मान्छे होइन।
उनले रास्वपालाई गणतन्त्रको पक्षमा छैन भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाए। ु

दई ठूला दल मिलेर सरकार बनाइएको छ। दुई चोर मिलेर साधु हुँदैन।

उनले सडकमा राजावादीको नाममा आएकाहरू अहिले सरकारमा भएका दलप्रति आक्रोशित जनता भएको पनि बताए।

बाहिर आएका मान्छे कति राजावादी हुन् मलाई थाहा छैन। तर बाहिर आएका मान्छे यीनका लुटतन्त्र अब चल्दैन भनेर आएका हुन् यत्ति थाहा छु उनले भने।

शनिबार चितवनमा सभा गरेर आफूलाई कसरी हटाइयो, मुद्दा लगाइयो भन्नेबारे स्पष्ट पार्ने पनि उनले सुनाए।

ुमैले चितवनका जनतालाई भन्नुछ। मलाई दासढुंगाको बाटो मध्यराति कसरी लगे मलाई थाहा छ , उनले भने।

कांग्रेस र एमालेसँग आफू नझुकेकै कारण मुद्दा मामिलाको झन्झटमा परेको उनको भनाइ छ।

ुयिनीहरूसँग शीर झुकाएको भए म प्रधानमन्त्री मन्त्री हुन्थेँ होला। तर म यीनीहरूसँग झुक्दिनँ। यीनीहरूसँग अब मलाई गोली हान्नेबाहेक केही विकल्प छैनु उनले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ