काठमाडौँ । समाजवादी मोर्चाले चैत्र १५ गते राजावादीहरूले गरेको आन्दोलन जंगली चरित्रको रहेको निष्कर्ष निकालेको छ।
आज माओवादीको केन्द्रीय कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकले चैत्र १५ गतेको राजावादीहरूको आन्दोलन आततायी र जंगली चरित्रको रहेको निष्कर्ष निकालेको हो।
बैठकले त्यही दिन समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रम भने शालीन र सशक्त भएको दाबी गरेको छ।
राजावादीहरूको क्रियाकलाप पूर्ण रूपमा नियन्त्रण गर्न अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
समाजवादी मोर्चाले घटनामा संलग्न व्यक्ति र योजनाकारहरूलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।
तीनकुने घटनामा भएको क्षतिको भरपाई सरकार स्वयंले योजनाकारहरूबाट असुल गरेर तिराउनुपर्ने निर्णय पनि बैठकमा गरिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline