रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी पाँच विषयमा हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्दैछ। रास्वपाले आजै दुइटा केन्द्रीय समिति बैठक राख्दैछ। केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ।
पार्टी सभापति रवि लामिछानेले पार्टी जिम्मेवारीमा फर्कंदैछन्। गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत अभियोगमा उनी पक्राउ परेका थिए। त्यसयता पार्टीको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सम्हाल्दै आएका थिए।
सभापति लामिछाने जिम्मेवारीमा फर्कने भएपछि अर्यालले धन्यवाद दिने र बैठकको अध्यक्षता गराउने कार्यसूची छ।
सभापति लामिछानेले अध्यक्षता गर्ने दोस्रो बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ गर्ने कार्यसूची छ।
त्यस्तै लिडरसिप एकेडेमीको फ्लो चार्ट र जनयात्रा कार्यक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
चौथो कार्यसूचीमा पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहसबारे छलफल गर्ने कार्यसूची छ।