राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई हिरासतमा राख्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा लगिएको छ ।
उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।
मिश्र र राणा लगायत केहीलाई राज्य बिरुद्धको कसुरमा पनि अनुसन्धान हुने प्रहरीको भनाई छ ।
हाल सम्म आगजानी, तोडफोड र ज्यान मार्ने लगायतका कसुरमा एक सय बढी राजावादी प्रदर्शनकारीलाई पक्राउ गरिसकिएको छ ।
चैत्र १५ गते तिनकुनेमा राजावादीको आन्दोलन हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline