।ज्ञानेन्द्र शाहको विवेकहीनताले दुई जनाको ज्यान गयो, अब उनलाई छाडा छाडिन्न : प्रचण्ड

।ज्ञानेन्द्र शाहको विवेकहीनताले दुई जनाको ज्यान गयो, अब उनलाई छाडा छाडिन्न : प्रचण्ड

  • आइतवार, चैत्र १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

सिन्धुली । माओवादी अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रवादीको ुहाइटु र राजावादीको ुनिचताु जनताले प्रस्ट रूपमा देखेको र पूर्व राजा ज्ञानेन्द्र शाहको विवेकहीनताले दुई जनाको ज्यान गएको भन्दै अब उनलाई नछाड्ने चेतावनी दिएका छन् ।

सिन्धुलीको दुधौलीमा आज माओवादीको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले चैत १५ गते समाजवादी मोर्चाको सभ्य र कथित राजावादीको आततायी हत्यारासभा भएको जिकिर गरे ।

ुसमाजवादी मोर्चाको सभा नभएको भए त्यस दिन अझ ठूलो बितण्डा राजावादी मण्डलेहरूले गर्न सक्ने भनेर काठमाडौंका जनताले हामीलाई धन्यवाद दिए,ु प्रचण्डको दाबी छ ।

आफूहरु अभियानमा रहँदा नै प्रतिगमनकारीले मुन्टो उठाउन खोजेकाले विशाल प्रदर्शन गरेर दरो झापड दिएको अध्यक्ष दाहालले सुनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी