प्रधानमन्त्री कप क्रिकेटमा पुलिस बन्यो लगातार दाेस्राे पटक पनि च्याम्पियन

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस बन्यो लगातार दाेस्राे पटक पनि च्याम्पियन

  • शनिबार, चैत्र १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौं, १६ चैत । नेपाल पुलिस क्लब लगातार दोस्रो पटक प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
अर्को बिभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिस लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

शनिबार सिद्धार्थ क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पुलिसले जम्मा २५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेर च्याम्पिनयको उपाधी हासिल गरेको हो ।

जसअनुसार पुलिसका लागि कुशल भुर्तेलले ७० बलमा ७ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरेका थिए भने अमीत श्रेष्ठले ३९ र दिलिप नाथले अविजित ३१ रन बनाएका थिए ।

पहिलो विकेटका लागि कुशल र अमीतले ७७ रनको साझेदारी गर्दा आर्मीका लागि शाहब आलमले ३ तथा नरेन साउदले १ विकेट मात्रै हात पार्न सफल भएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको योगफल तयार पारेर पुलिस सामु चुनौती खडा गरेको थियो ।

जसअनुसार आर्मीका लागि बसिर अहमदले १०४ बलमा ९ चौका र १ छक्काको मद्दतले अविजित ८६ रनको योगदान गरेका थिए भने कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन मात्रै बनाएका थिए ।
पुलिस समग्रमा चौथो पटक च्याम्पियन बनेको हो । पुलिस सन् २०१७ मा आर्मीसँग संयुक्त रुपमा तथा २०१९ र २०२४ मा एकल रुपमा विजेता बनेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी