तिनकुनेको कर्फ्यु हटाईयो

तिनकुनेको कर्फ्यु हटाईयो

  • शनिबार, चैत्र १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

१६ चैत, काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यलयले स्थिति सामान्य रहेको देखेपछि कर्फ्यु हटाएको हो ।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर शुक्रबार पहिलो पटक राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।

रातिसम्म पनि अवस्था सामान्य नभएपछि शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी भएको कर्फ्यु आदेश आज बिहान ७ बजेसम्मका लागि थपिएको थियो ।

शुक्रबार हिंसात्मक आन्दोलनमा उत्रिएका राजावादीहरूले तिनकुनेमा व्यक्तिको घर जलाउनुका साथै लुटपाट गरेका थिए । त्यसको भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो ।

यो आन्दोलनमा दुई जनाको ज्यान गयो भने दर्जनौँ घाईते भएका छन् । त्यस हिंसात्मक घटनापछि प्रहरीले राप्रपा वरिष्ठ उपाध्क्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा सहित ५१ जनालाई पक्राउ गरीसकेको छ ।

फरार रहेका दुर्गा प्रसाई र लुटपाट र आगजानीमा संलग्नहरुको पहिचान गर्ने र खोजी गरेर पक्राउ गर्ने कार्य प्रहरीले तीव्र पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ