काठमाडौं । राजावादी समूहले काठमाडौंको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेका छन्।
राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरू गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएका छन्।
कम्पनीकी महाप्रबन्धक डा। संगीता यादवले दिउँसो साढे २ बजे बाहिरबाट ढुंगामुडा सुरू भएको बताइन्। त्यसपछि राजावादी समूहले कार्यालयमा आगो लगाएपछि भागेर ज्यान जोगाएको बताइन्।
राजधानी काठमाडौंमा राजावादीहरूको आन्दोलन उग्र बनेको छ। काठमाडौंको तीनकुने आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline