प्रचण्डले पूर्व राजालाई भने अर्को गल्ती भए भोग्न बाँकी केही रहनेछैन

प्रचण्डले पूर्व राजालाई भने अर्को गल्ती भए भोग्न बाँकी केही रहनेछैन

  • शुक्रबार, चैत्र १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डुले जनताको र राजनीतिक दलहरूको उदारतालाई कमजोरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्।

समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासलाई फर्काउने दुस्साहस नगर्न चेतावनी दिएका हुन्।

“नेपाली जनताको र नेपाली राजनीतिक दलको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगरियोस्, उनले भने, अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैनन्। खबरदार।”

प्रचण्डले तिनकुनेमा राजावादीहरुले अराजकता मच्चाएको र केही मान्छे मरोस र देशभर आतंक सृजना गर्न सकिन्छ भनेर उग्रता देखाएको बताए ।

उृनले राजावादीले एक लाख मान्छे उतारे गणतन्त्रवादीले एक करोड मान्छे उतार्ने पनि दाबी गरे ।

गणतन्त्र चलाउने क्रममा केही कमजोरी भएको र त्यसैमा खेलेर प्रतिगामीहरु सल्बलाएको प्रचण्डको भनाई छ ।

अब समाजवादी क्रान्ति मार्फत देशलाई समाजवादी गणतन्त्रमा बदल्न लाग्ने पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ