चैत्र १५ काठमाण्डौँ । समाजवादी मोर्चा र राजावादी समुहको प्रदर्शनका कारण आज उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन शुरु गरेको छ ।
समाजवादी मोर्चाको प्रदर्शन बबरमहल, माईतीघर, थापाथली, त्रिपुरेश्वर शान्तिबाटिका, मैतीदेवी, पकनाजोल, सोह्रखुट्टे लैनचौर हुँदै सबै जुलुश अन्तिममा भृकुटिमण्डपमा आएर सभामा परिणत हुनेछ ।
माओवादी केन्द्र सहित चार दलले यो प्रदर्शनको आयोजना गरेका हुन् । आजको प्रदर्शनमा गणतन्त्रको पक्षमा ढेड लाख बढी मानिस उतार्ने मोर्चाका नेताहरुको दाबी छ ।
यता राजावादी समुहले तिनकुनेमा प्रदर्शन गर्दैछ । मेडिकल व्यवशायी दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समुहले तिनकुनेमा प्रदर्शन गर्न लागेका हुन् ।
रयाली र सभाका कारण उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त देखिएको छ ।
दुवै प्रदर्शनलाई ध्यान दिँदै गृहमन्त्रालयले चार हजार बढी जनपथ र शसस्त्र प्रहरी पचिालन गरेको छ । साथै ड्रोन र सिसिटिभी मार्फत प्रदर्शनको निगरानी गरिदैछ ।