चैत्र १५ काठमाण्डौँ । समाजवादी मोर्चाले भ्रष्टाचार बिरुद्धको खबरदारी, प्रतिगामी र यथास्थितिवादी षड्यन्त्रको भण्डाफोर गर्न भन्दै चैत्र १५ गते आज शक्ति प्रदर्शन गर्दैछ ।
आज बबरमहल, त्रिपुरेश्वर, शान्तिबाटिका, मैतीदेवी, कुपण्डोल, सोह्र खुट्टे र न्यूरोड गेटबाट ११ बजेपछि भेला भएर र्यालीहरु शुरु हुने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
रयालीमा शीर्ष नेताहरु सहभागी हुनेछन् । त्यसपछि भृकुटीमण्डपमा १ बजेपछि सभाको आयोजना हुनेछ । जसमा माओवादी अध्यक्ष प्रचण्ड सहित शीर्ष नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ ।
यसका लागि मोर्चाले बैठक बसेर मोर्चामा आवद्ध दलहरुलाई कोटा विभाजन गरेको छ । जस अनुसार माओवादी केन्द्रले ५० हजार, एकीकृत समाजवादीले २५ हजार, नेकपाले १५ हजार र नेसपाले १० हजार संख्यामा मानिस उतार्नु पर्नेछ ।
सो अनुसार सम्बन्धित पार्टीहरु सक्रिय भएर खटिरहेका छन् । मोर्चाले प्रदर्शनमा लगाउने विभिन्न नारा पनि तय गरेको छ ।