शान्ति प्रकृयाको बाँकी काम टुंगोमा पुर्याउन दलहरुबीच बिमति छैन : प्रचण्ड

शान्ति प्रकृयाको बाँकी काम टुंगोमा पुर्याउन दलहरुबीच बिमति छैन : प्रचण्ड

  • बिहिबार, चैत्र १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा राजनीति दलहरूबीच विमति नहुने बताएका छन् ।

आज संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका विषयमा विगतका दिनमा पनि राजनीतिक दलबीच तिक्तता नभएको र आगामी दिनमा पनि नहुने विश्वास व्यक्त गरेका हुन्।

पीडितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा राजनीतिक तहमा विवाद भएन। राजनीतिक दलहरूमा अहिले पनि विवाद छन्। प्रमुख दलहरू कोही सत्तापक्षमा छौं कोही विपक्षीमा छौं। विगतमा पनि तमाम विवाद भएपनि शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा कहिले पनि विवाद भएन। हुँदैन पनि ।

उनले शान्ति प्रक्रियाको जटिल विषयलाई टुंगोमा पुर्याउन धेरै जोखम मोलेको बताउँदै शान्ति प्रक्रियालाई सफलतापूर्वक अघि बढाउन आफ्नो पार्टी विभाजनबाट गुज्रेपनि गुर्ज्रोस भनेर जोखिम मोलेको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ