प्रेस सेन्टरको अध्यक्षमा दीपेन्द्र रावलले उम्मेदवारी दिदै

प्रेस सेन्टरको अध्यक्षमा दीपेन्द्र रावलले उम्मेदवारी दिदै

  • बिहिबार, चैत्र १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको नयाँ नेतृत्वका लागि पत्रकार दीपेन्द्र रावलले उम्मेदवारी दिने भएका छन् । प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन चैत १६ र १७ गते काठमाडौँमा हुन लागेको सन्दर्भमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन् ।

२०५५ सालदेखि माओवादी पार्टीमा संगठित उनी २०५६ सालबाट पूर्णकालिन भएर जनयुद्धमा सहभागी भएका थिए । सोही वर्षदेखि उनी पत्रकारिताको मोर्चामा सक्रिय भए । जसअनुसार उनी जनादेश, सुर्खेत पोष्ट, जनआह्वानको लागि अछाम, कालिकोट र बाजुराको संवाददाता भएर काम गरेका थिए ।

यस्तै २०५८ देखि २०५९ विभिन्न जनपक्षीय पत्रकारितामा संलग्न उनी २०५९ असारमा पत्रिकाकै कामको क्रममा बम बिस्फोटमा परि घाइते भए । घाइते अवस्थामा उपचारको क्रममा रहँदा पनि नेपाल र भारतमा बसेर उनी पत्रकारितामै सक्रिय थिए ।

२०६१ मा युद्ध भुमिबाटै पुनः जनसन्देश पत्रिकामा आबद्ध उनी २०६४ मा जनदिशा दैनिकमा सुदूरपश्चिमका युद्ध क्षेत्रको रिपोर्टिङमा सक्रिय रहे ।
यस्तै २०६९ बाट संवाद डबली र अनलाइन डबली डटकमको हालसम्म नेतृत्व रहेका उनी हाल प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष र एशोसिएट प्रदेशको इन्चार्ज रहेका छन् ।

उनले आफू नेतृत्वमा पुगेको खण्डमा पत्रकारको हकहितकाका सिाथै पत्रकारको क्षमता अभिवृद्धिमा लाग्ने प्रतिबद्धता जनाएका छन् । यस्तै पार्टी र नेतृत्वले देश र जनताको पक्षमा गरेका कामलाई जनस्तरमा पुरÞ्याएर जनमत सिर्जना गर्न लागिपर्ने, सबै जनवर्गीय संगठनबीच गतिविधिलाई लक्षित वर्गमा पुरÞ्याउन समन्वयात्मक भुमिका खेल्ने, संचारमाध्यम उपयोग गरेर युवा नेतृत्वको विकास र सिंगो पार्टी चलायमान बनाउन भूमिका खेल्ने, संगठनमा आवद्ध पत्रकारको वृत्तिविकास र भइपरि आउने समस्या समाधानका लागि केन्द्र र प्रदेशमा अक्षय कोष स्थापना एजेण्डा अधि सारेका छन् ।

यस्तै काठमाडौँमा आफ्नै केन्द्रीय कार्यालय र सबै प्रदेशका सम्पर्क कार्यालय स्थापना पर्ने, नेपाली पत्रकारितालाई समाजवाद उन्मुख धारमा लैजान पहल र नेतृत्व गर्ने लगायतका एजेण्डा उनले अघि सारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ