इटहरीको सेन्टर प्लाजामा आगलागी, ११ जनाको सकुशल उद्धार

इटहरीको सेन्टर प्लाजामा आगलागी, ११ जनाको सकुशल उद्धार

  • बुधबार, चैत्र १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

इटहरी – बुधबार बिहान ९ः ३० बजे इटहरीको सेन्टर प्लाजामा सुरू भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ।

सेन्टर प्लाजामा लागेको आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा करिब तीन सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

उनका अनुसार भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको हो। के कारणले आगो लागेको भन्नेबारे प्रहरीले अनुसन्धान थालेको उनले बताए।

आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो।

आगलागी भएको भवनबाट ११ जनाको सकुशल उद्धार गरिएको थियो। भवनभित्रबाट उद्धार गरिएकामा बंगलादेशका एमडी जय, अमेरिका राई, लक्ष्मी श्रेष्ठ, विजय धामी, विष्णु तामाङ, सञ्जय जैसवाल, दिया राय, विशाल सिंह, आशिष चौधरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ