ईटहरीको सेन्ट्रल प्लाजामा भीषण आगलागी, फसेका सात जनाको उद्धार

ईटहरीको सेन्ट्रल प्लाजामा भीषण आगलागी, फसेका सात जनाको उद्धार

  • बुधबार, चैत्र १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

सुनसरीको इटहरी चोकमा भीषण आगलागी भएको सेन्ट्रल प्लाजाबाट सात जनाको उद्धार भएको छ।

बुधबार बिहान साढे ९ बजेदेखि सुरू भएको आगलागी भएको भवनबाट सात जनाको उद्धार गरिएको छ। केही मानिस अझै पनि उक्त भवनमा फसेको अनुमान गरिएको छ ।

बाँकी फसेकाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।

गृह मन्त्री रमेश लेखकले समन्वय गरी नेपाली सेनाको एउटा हेलिकप्टर पठाइसकेको सचिवालयले जनाएको छ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो निभाउन प्रयास गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ