कुलमानः सरकारले बक्यौता नउठाई बिजुली जोड भन्यो, बक्यौता उठाएनौ भनेर हटायो

कुलमानः सरकारले बक्यौता नउठाई बिजुली जोड भन्यो, बक्यौता उठाएनौ भनेर हटायो

  • बुधबार, चैत्र १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

उद्योगीसँग बक्यौता उठाउन लाईन काट्दा पैसा नउठाई लाईन जोड्न आदेश दिएको सरकारले अन्ततः प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बक्यौता नउठाएको आरोपमा बर्खास्त गरेको पत्र उनलाई थमाएको छ ।

पत्रमा कुलमानको जवाफ सन्तोषजनक नभएको र पदको जिम्मेवारी पूरा गर्न नसकेकोसहितका १० आरोप छन् ।

सोमबार मन्त्रिपरिषद्ले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा ऊर्जा मन्त्रालयले मंगलबार साँझ कुलमानलाई पदमुक्त भएको पत्र दिएको छ ।

ऊर्जासचिव सुरेश आचार्यको हस्ताक्षर रहेको पत्रमा ‘।।। तपाईंले पेस गरेको सफाइ सन्तोषजनक नदेखिएको र आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको हुँदा देहायमा उल्लिखित आधार र कारणबाट तपाईंलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने भनी ११ चैतको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएको व्यहोरा जानकारी गराउँदछु’ भनिएको छ ।

दश आरोपमध्ये एक ‘बक्यौता नउठाएको’ भन्ने छ । ‘२५ कात्तिकको मन्त्रिपरिषद्को निर्णयबमोजिम डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् उपयोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युत्को बक्यौता रकम टिओडी मिटरसमेतको आधारमा महसुल निर्धारण तथा असुलीसम्बन्धी तत्काल प्रचलित कानुनबमोजिम गणना गरी १५ दिनभित्र असुलउपर मन्त्रालयले गर्ने–गराउने भनी यस मन्त्रालयलाई निर्देशन भएको थियो । उक्त निर्देशनलाई कार्यान्वयन गर्नका लागि नेपाल विद्युत् प्राधिकरणलाई लेखिपठाउँदा तपाईंले सोको कार्यान्वयन नगर्नुभएको,’ पत्रको पाँचौँ बुँदामा छ ।

पछिल्लोपटक उद्योगीको बक्यौता घटाउने योजनासहित २५ कात्तिककै मन्त्रिपरिषद्को निर्णयलाई आधार बनाएर २ मंसिरमा मन्त्रालयले बक्यौता जाँचबुझ समिति गठन गरेर बक्यौता असुली प्रक्रियालाई अल्झाएको थियो ।

आफूलाई पदबाट हटाएपछि कुलमान त्यसको विरुद्ध आज सर्वोच्च अदालतमा मुद्धा दायर गर्ने तयारी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी