कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय बिरुद्ध बिपक्षी दलले संसद अवरोध गर्ने

कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय बिरुद्ध बिपक्षी दलले संसद अवरोध गर्ने

  • बुधबार, चैत्र १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

माओवादी केन्द्र रास्वपा सहित विपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल बिद्युत प्राधिकरणको कार्यकारी अधिकृतबाट हटाउने सरकारको निर्णय बिरुद्ध सदनमा प्रतिवाद गर्ने निर्णय गरेका छन् । यस क्रममा उनीहरुले संसदमा अवरोध गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको बैठकले सरकारको सर्वसत्तावाद र राजनीतिक दम्भको संसदमै प्रतिवादन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

कुलमान घिसिङलाई अपमानपुर्वक हटाउने लगायतका निर्णय सर्वसत्तावादी भएको दलहरुको ठहर छ ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचेतक हितराज पाण्डे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष डा‍। स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महीन्द्र राय यादव सहभागी थिए।

समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा गणतन्त्रको पक्षमा शक्ति प्रदर्शनको तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ