अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनौट

अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनौट

  • बुधबार, चैत्र १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

१३ चैत, काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ मा छनोट भएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि अर्जेन्टिनाले ब्राजिलसँग खेल्नुअघि नै विश्वकपमा स्थान पक्का गरेको हो ।

१० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी छनोटबाट ६ टिम सिधै विश्वकपमा छनोट हुने व्यवस्था छ ।

छनोटमा १३ खेल खेल्दा अर्जेन्टिना २८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको टिममाथि अर्जेन्टिनाले ६ अंकको अग्रता बनाएको छ ।

साविक विजेता समेत रहेको अर्जेन्टिना अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपको लागि छनोट हुने पहिलो दक्षिण अमेरिकन टिम बनेको छ ।

यो वर्ष विश्वकपमा ४८ वटा देशले सहभागीता जनाउदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी