आज पनि सत्तारुढ दलको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा भूमिसम्बन्धी अध्यादेशबारे छलफल हुने स्रोतले जनाएको छ।
सरकारले भूमिसम्बन्धी अध्यादेश पुनः अघि बढाउन खोजेको छ। त्यसका लागि मंगलबार पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताबीच छलफल भएको थियो।
आजको बैठकमा भूमि अध्यादेशप्रति असन्तुष्ट जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने दाबी सत्तारुढ लोसपाका वरिष्ठ नेता तथा श्रममन्त्री शरतसिंह भण्डारीले गरेका छन्।
यसअघि सरकारले ६ वटा अध्यादेश सदनमा पेस गर्दा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी भूमिसम्बन्धी अध्यादेश यथास्थितिमा समर्थन गर्न नसक्ने बताएका थिए ।
त्यसपछि सरकारले भूमि अध्यादेश रोकेर अन्य अध्यादेश अघि बढाएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline