नेपाल मलेशिया बिरुद्ध फेरी पराजित

नेपाल मलेशिया बिरुद्ध फेरी पराजित

  • मङ्लबार, चैत्र १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एशिया कप छनौट चरणको पहिलो खेलमा नेपाल मलेशियासँग पराजित भएको छ । मलेशियामै भएको खेलमा घरेलु टोलीसँग नेपाल दुई शुन्य गोल अन्तरले पराजित भयो ।

मलेसियाले २९ मिनेटमा अग्रता लियो। उसका लागि हेक्टर हावलले पहिलो गोल गरे।

मलेसियाका लागि ७० मिनेटमा कोर्भिन ओङ अग्रता दोब्बर पारेका थिए।

मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा भएको खेलमा नेपालमााथि मलेसिया हाबी भएको थियो।

छनोटमा नेपाल समूह ुएफु मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्।

यो खेल नेपालमा हुनु पर्ने भए पनि दशरथ रंगशालालाई एसियाली फुटबल महासंघले मान्यता नदिँदा मलेसियामा भएको हो।

छनोटअघि नेपालले शुक्रबार सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। खेलमा नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक १–० गोलको जित निकाल्यो।

मलेसियाविरूद्ध अन्तर्राष्ट्रिय फुटबलमा नेपाल फेरी पनि असफल रह्यो ।
छनोटमा मलेसियासँग खेलेपछि अब नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग होम म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी