केपी ओलीलाई काँग्रेसको पूर्ण समर्थन छ, मेरो सम्बन्ध राम्रो छ : देउवा

केपी ओलीलाई काँग्रेसको पूर्ण समर्थन छ, मेरो सम्बन्ध राम्रो छ : देउवा

  • मङ्लबार, चैत्र १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसको पूर्ण समर्थन रहेको बताएका छन् ।

देउवाले ओलीलाई आफ्नो र कांग्रेसको पूर्ण समर्थन रहेको बताएका हुन् ।

मंगलबार काठमाडौँमा आयोजित सुजाता कोइरालाको आत्मकथा ‘म र सानोबुबा’ नामक किताब विमोचन कार्यक्रममा सभापति देउवाले ओली र आफू जेल बस्दा गोलघरमा संबै बसेका साथीसमेत भएको बताए । उनले भने,‘प्रधानमन्त्री ओलीजीलाई म र कांग्रेसको पूर्ण साथ र समर्थन छ । उहाँ र म जेल बस्दा गोलघरमा संगै बसेका हौँ ।’ उनले ओलीले पनि सहयोग गर्ने विश्वास आफूलाई रहेको बताए ।

सोमबार मात्रै ओली नेतृत्वको कांग्रेससमेत सहभागी सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर त्यो पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि कांग्रेस महामन्त्रीद्वयले सरकारको निर्णयको विरोध गरेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले घिसिङलाई हटाउने निर्णयको स्वामित्व कांग्रेसले लिन नहुने बताएपछि कतै दुई पार्टीबीचको सम्बन्धमा दरार आउने त होइन भन्ने आशंका व्यक्त भइरहेका बेला देउवाले त्यस्तो अभिव्यक्ति आएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी