कुलमानलाई हटाए पछि काठमाडौंमा सरकारको बिरोधमा दिनभर प्रदर्शन्

कुलमानलाई हटाए पछि काठमाडौंमा सरकारको बिरोधमा दिनभर प्रदर्शन्

  • मङ्लबार, चैत्र १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, १२ चैत । नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टी जनाउँदै काठमाडौंमा बिहानै देखी सुरू भएको प्रदर्शन जारी रहेको छ ।

नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन ।

र, नेकपा माओवादी केन्द्रका जनबर्गीय संगठनहरूले पनि घिसिङलाइ हटाएकोमा बिरोध गरिरहेका छन् । साे क्रममा उर्जामन्त्री दिपक खड्काकाे पुत्लादहनसमेत गरिएकाे छ ।

हिजो बसेको मन्त्री परिषद बैठकले घिसिङलाई पदमुक्त गरेर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो, जसको अहिले सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मा, शेखर कोइरालालगायतले बिरोध गरिसकेका छन् ।

प्रतिपक्ष दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका प्रवक्त ज्ञानेन्द्रबहादुर शाहीलगायतले पनि घिसिङलाइ हटाएकोमा आपत्ति जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी