नयाँ प्रशिक्षक, उत्साहित टिमः मलेशिया बिरुद्ध जित निकाल्ने रणनीतिका साथ मैदानमा उत्रदै नेपाल

नयाँ प्रशिक्षक, उत्साहित टिमः मलेशिया बिरुद्ध जित निकाल्ने रणनीतिका साथ मैदानमा उत्रदै नेपाल

  • मङ्लबार, चैत्र १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

चैत्र १२ । नेपाली राष्ट्रिय फुटवल टोलीले राम्रो प्रदर्शन गर्ने तर जित्न नसक्ने भनेर आलोचना खेप्दै आएको छ । नेपालले साफ् च्याम्पियनसिपको उपाधी पनि अहिले सम्म जित्न सकेको छैन । यस्तो पृष्टभूमिमा नेपालले यस पटक केही रणनीतिक परिवर्तन गरेर मैदानमा उत्रन शुरु गरेको छ । जसमा सिंगापुर बिरुद्ध ऐतिहासिक जीत निस्कियो मैत्रीपूर्ण खेलमा । अष्ट्रेलियन प्रशिक्षक म्याट रस नेपाली टिमलाई नयाँ गति र शैलीमा खेल्न उत्प्रेरित गरीरहेका छन् । त्यसैको परिणाम हो सिंगापुर बिरुद्धको १–० को जित ।

एएफसी एसियन कप २०२७ को छनोट चरणको तेस्रो चरणमा नेपालले मंगलबार आफ्नो पहिलो खेल खेल्दैछ।

छनोटमा नेपाल समूह एफ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्।

नेपालले पहिलो खेल मंगलबार मलेसियासँग उसैको मैदानमा खेल्न लागेको हो। खेल नेपाली समयअनुसार राति ७स्४५ मा मलेसियाको जोहरस्थित सुल्तान इब्राहिम रंगशालामा हुनेछ।

यो खेल नेपालमा हुनु पर्ने भए पनि दशरथ रंगशालालाई एसियाली फुटबल महासंघले मान्यता नदिँदा मलेसियामा हुन लागेको हो।

नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकालेर नेपाली टोली उत्साहित छ।

नेपालका प्रशिक्षक म्याट रसले मलेसियाविरूद्ध जितका लागि खेल्ने बताएका छन्। उनले नेपालले तीन अंकका लागि खेल्ने बाहेक अरु नसोचेको बताएका हुन्।

नेपाल र मलेसियाबीच अन्तर्राष्ट्रिय फुटबलमा आठौं पटक प्रतिस्पर्धा हुन लागेको हो। नेपालले यसअघि खेलेका सात खेलमा जित निकाल्न सकेको छैन। सातमध्ये छ खेलमा मलेसिया विजयी भएको छ भने एक खेल बराबरीमा सकिएको छ।

फिफा वरीयतामा नेपाल १७५औं स्थानमा छ। मलेसिया नेपालभन्दा ४३ स्थानमाथि १३२औं स्थानमा छ।

छनोटमा मलेसियासँग खेलेपछि नेपालले जुन १० मा लाओससँग अवे म्याच, अक्टोबर ९ मा भियतनामसँग अवे म्याच, अक्टोबर १४ भियतनामसँगै होम म्याच, नोभेम्बर १८ मा मलेसियासँग होम म्याच र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्ने तय छ। सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा लागि समूह विजेता मात्र छनोट हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी