चैत्र १२ काठमाण्डौँ । ओली सरकारले बिद्युत प्राधिकरणका सफल कार्यकारी निर्देशक एवं उज्यालो नेपालका नायक भनेर चिनिएका कुलमान घिसिङलाई बर्खास्त गरेपछि चौतर्फी बिरोध शुरु भएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, रास्वपाका रवि लामिछाने, राप्रपाका राजेन्द्र लिङदेन, र सत्तारुढ काँग्रेस भित्रै महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले यो निर्णयप्रति बिरोध जनाएका हुन् ।
प्रचण्डले कुलमानलाई हटाएर गलत गरेको र आपत्तिजनक विषय भएको बताएका हुन्।
ुदेशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको जन(जनमा जानकारी छ। उनै कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो, उठाउनुपर्छ भनेको कारणले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक(पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो। तर, आज भने सरकारले मन्त्रीपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाहा हुन आएको छ। आशा गरौं यो खबर असत्य सावित होस्,ु उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले यो खबर सत्य भएमा सरकारले गलत गरेको दाबी गरेका छन्। ुयदि यो खबर सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ। कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु,ु उनले भनेका छन्।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लेख्दै कुलमान हटाउने निर्णयको विरोध गरेका हुन्।
कुलमानलाई हटाउन सुरूदेखि नै लागिरहेका ऊर्जामन्त्री दीपक खडका कांग्रेसकै नेता हुन्। ऊर्जामन्त्रीकै दलका दुई महामन्त्रीले भने सार्वजनिक रूपमा यो निर्णयको विरोध गरेका छन्।
सामाजिक सञ्जालमा असन्तोष प्रकट गर्दै महामन्त्री थापाले लेखेका छन्, ुआमनागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊँ भनेर हामी दिनरात नभनी मेहनत गर्ने, सरकार चाहिँ आफै असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ?
महामन्त्री थापाले सरकारले आफूहरूको सुझाव लत्याएको भन्दै उल्टो बाटो हिँडेर गन्तव्यमा पुग्न नसकिने बताएका छन्।
थापाले भनेका छन्, ुहामीले यस्तो नगरौं है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्नेरु मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नुपर्ने हो।।। तर विडम्बना त्यो भएन। निर्णय गलत छ सरकार१ उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको निर्णयप्रति विमति प्रकट गरेका छन्।
शर्माले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ुकुलमान घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति थिएन। बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सजग गराइएको थियो। कारबाही योग्य केही भए पछि पनि गर्न मिल्थ्यो। केही राम्रा प्रयास छायामा पार्ने गरी सरकारले कुलमान हटाउनु हुन्न थियो। सरकारको यो निर्णय समायोचित बिल्कुलै भएन। यसप्रति खुला र प्रस्ट रूपमा विमति छ।
यसै गरी काँग्रेसका बरिष्ठ नेता शेखर कोईरालाले घिसिङ हटाउने सरकारको निर्णयलाई विनाशकाले विपरीत बुद्धिको संज्ञा दिएका छन् ।
यसै गरी रास्वपाका पूर्व सभापति रवि लामिछानेले फेसबुक लाईभमा क्याण्डल बालेर कुलमान हटाउने निर्णयको सांकेतिक बिरोध गरेका छन् ।
यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि कुलमान हटाउने निर्णयको बिरोध गरेका छन् ।
अहिले सामाजिक सञ्जाल मार्फत सरकारको निर्णयको ठूलो स्तरमा बिरोध भईरहेको छ ।