संक्रमणकालीन न्याय संयन्त्रमा पदाधीकारी छनौट पुनः सिफारीस समिति गठन गर्ने तीन दलको निर्णय

संक्रमणकालीन न्याय संयन्त्रमा पदाधीकारी छनौट पुनः सिफारीस समिति गठन गर्ने तीन दलको निर्णय

  • सोमवार, चैत्र ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकले संक्रमणकालीन न्यायका संयन्त्रमा पदाधिकारी छनोट गर्न पुनः सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ।

शीर्ष नेतासहितको छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिबारे छलफल भएको र यसको प्रक्रिया सरकारले सुरु गर्ने निर्णय भएको प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले जानकारी दिए।

‘बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरूसँग परामर्श गर्नुभयो,ु उनले भने, ुपरामर्शअनुसार सिफारिस समिति बढाउने प्रक्रिया अघि बढ्छ।’

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त हुनै बाँकी छ। त्यसका लागि सिफारिस समिति समेत गठन हुन सकेको छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ