मलेशिया बिरुद्ध जीत्ने रणनीतिका साथ खेल्ने प्रशिक्षक म्याट रोषको योजना

मलेशिया बिरुद्ध जीत्ने रणनीतिका साथ खेल्ने प्रशिक्षक म्याट रोषको योजना

  • सोमवार, चैत्र ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

मलेशिया चैत्र १२ । ३६ वर्षपछि फुटबलमा सिंहापुरलाई उसैको घरेलु मैदानमा हराएर उत्साहित भएको नेपाल मलेशिया बिरुद्ध पनि उच्च मनोबलका साथ खेल्ने तयारीमा जुटेको छ ।

नेपालका नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक म्याट रोषले आज प्रिम्याच कन्फेरेन्समा उच्च प्रदर्शनका साथ तीन अंकको लागि खेल्ने बताए ।

समूह एफमा रहेको नेपाल र मलेसियाबीचको खेल इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार राती ७ः ४५ बजे सुरु हुनेछ ।

प्रशिक्षक रोसले आफूहरू ३ अंककै लागि खेल्ने प्रतिक्रिया दिएका छन् । ‘मलेसिया बलियो टिम हो, ड्र सम्म भएपनि सन्तुष्ट हुन सकिन्छ तर हामी ३ अंककै लागि खेल्नेछौं’ प्रिम्याच कन्फ्रेन्समा बोल्दै उनले भने, ‘हाम्रो योजना भनेको जित्नकै लागि खेल्ने हो, त्यसैअनुसार तयारी भइरहेको छ ।

कप्तान किरण चेम्जोङले अवे मैदान भएपनि राम्रो खेल पस्कने बताएका छन् । ‘हामी नेपालमा पनि धेरै दर्शकहरूको माझमा खेलिसकेका छौं, यहाँ पनि नेपाली समर्थकहरू त हुनुहुन्छ नै’ उनले भने, ‘घरेलु मैदान नभएपनि त्यस्तो फरक पर्दैन, हामी खेल इन्जोए गर्नेछौं यहाँ जुन टिमको दर्शकहरू धेरै भएपनि हामीलाई त्यस्तो फरक पर्दैन। ‘

नेपाल भन्दा तुलनात्मक रुपमा बलियो टोली मलेशिया बिरुद्ध जित निकाल्न सके नेपालले ईतिहास रच्न सफल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी