काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले संविधानमार्फत नै जनताका आवश्यकता र समस्यालाई सम्बोधन गर्न सकिने भन्दै राजावादी बिरुद्ध शक्ति प्रदर्शन आवस्यक नपर्ने निष्कर्ष निकालेको छ ।
ुनेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो। नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिवद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ,ु बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता प्रकाशशरण महतले भने।
उनले राजनीतिक दलहरू राजावादीविरुद्ध प्रदर्शन गर्ने घोषणा गरे पनि कांग्रेस अहिल्यै त्यसतर्फ नजाने बताए। ुअहिल्यै हामी शक्ति प्रदर्शन गर्ने आवश्यकता ठानेका छैनौं। संविधानका खिलाफ भइरहेका गतिविधिबारे पार्टी संरचनामा छलफल गरिरहेका छौं। सबै राय सुझावअनुसार नै अघि बढ्छौं,ु उनले भने।
राजावादीको प्रदर्शनमा सरकारको काम कार्बाहीबाट असन्तुष्ट जनता पनि सामेल देखिएकाले सरकारलाई कामलाई गति दिने नयाँ कार्ययोजना ल्याउन सुझाव दिएको छ ।