फुटबलमा ऐतिहासिक उपलव्धि : सिगापुर बिरुद्ध नेपालको पहिलो जीत

फुटबलमा ऐतिहासिक उपलव्धि : सिगापुर बिरुद्ध नेपालको पहिलो जीत

  • शुक्रबार, चैत्र ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

लामो समयदेखि निराश भईरहेका नेपाली दर्शकलाई फुटबलले एउटा सुखद खुसी दिएको छ ।

आज नेपालले ३६ वर्षपछि पहिलो पटक सिंगापुरलाई उसकै घरमा पराजित गरेर ईतिहाँस रचेको हो ।

सिंगापुरको नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १–० ले हराएको हो। नेपालका लागि जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे। खेलको १२औं मिनेटमा जिलेस्पीले गोल गरेका हुन्। उनले मनिष डाँगीको असिस्टमा गोल गरेका हुन्।

उनकै गोलमा नेपालले ३६ वर्षमा नेपालले सिंगापुरलाई घरेलु मैदानमा हराएको हो। यसअघि पछिल्लो पटक सन् १९८९ मा नेपालले विश्वकप छनोटअन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो। जहाँ दुबै खेलमा नेपाल पराजित भएको थियो ।

खेलको १२ औं मिनेटमा जिलेप्सीले गरेको गोल नेपाललाई जित दिलाउन पर्याप्त रह्यो । नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएयता म्याट रसको नेतृत्वमा नेपालले खेलेको यो पहिलो खेल हो ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिंगापुरलाई हराएको यो नै पहिलो पटक हो । यसअघिका दुई औपचारिक खेलमा सिंगापुर नै विजयी रहेको थियो । यस्तै नेपालले सिंगापुरलाई गोल गरेको समेत यो पहिलो पटक हो ।अब नेपालले एसिया कप छनोट तेस्रो चरणमा मलेसियाको सामना गर्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी