काठमाडौं । नेपाली फुटबल टिमले मैत्रीपूर्ण खेलको पहिलो खेल आज सिंगापुरसँग खेल्दैछ। अर्को साता हुने एएफसी एसियन कप छनोटको खेलको तयारीस्वरूप नेपालले मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।
नेपाल र सिंगापुर बीचको खेल सिंगापुर नेशनल स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः १५ मा हुनेछ। खेलको प्रत्यक्ष प्रसारण एक्सन एचडी स्पोर्टसबाट हुने अखिल नेपाल फुटबल संघ९एन्फा०ले जनाएको छ।
नव नियुक्त प्रशिक्षक रोस म्याटले आज खेलाडीहरुको स्तर परीक्षण गर्ने र आफ्नो रणनीति लागू गर्ने छन् ।
नेपालले सिंगापुर बिरुद्ध ३६ वर्षमा पहिलो पटक खेल्न लागेको हो । यस अघिका सबै खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline