२१ मार्चको महत्त्व र अबको बाटो

२१ मार्चको महत्त्व र अबको बाटो

  • शुक्रबार, चैत्र ८, २०८१
  • कृष्ण सेवा

  • 5.9K
    SHARES

पृथ्वी सबैको साझा हो यस्को उत्त्पति प्राकृतिक छ । यस पृथ्वीमा सबैको भोकाधिकार समान हुन जरुरी छ अर्थात पृथ्वीको भोग गर्ने अधिकार यहाँ भएका करिब ८ अर्ब जनसंख्यालाई बराबर छ र सबै मानिसहरूको समान हैसियत छ भन्ने हो तर यहाँ केही मानिसहरु उत्त्पिडनमा अधिकार बिहिन भै बाच्न बिबस छन ।

बिसय प्रवेश

सन १९६० मा दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने ठाउँमा रङ्ग भेद अर्थात बर्णको आधारमा काला र गोरा बिच गरिने बिभेदको विरुद्धमा गरिएको संघर्शपुर्ण एतिहासिक दिन हो ।जुन दिन अर्थात मार्च २१को दिन प्रहरीको दमन वाट ६९ जना निहत्था संघर्शरत मुक्तिदाताहरुको हत्या भएको थियो भने ३०० जना भन्दा बढी घाइते तथा अंगभङ्ग भएका थिय । बिभेदका विरुद्ध गरिएको एक एतिहासिक संघर्श हो यस्लाइ हामिले उत्पीडनका बिरुद्धको सुनौलो दिनको रुपमा लिनु पर्दछ । यस आन्दोलनले बिस्वमा हुने उत्पीडनका बिरुद्धको आन्दोलनमा इटा थप्ने महत्त्वपूर्ण कार्य गरेको छ । यस्लाइ हामिले संघर्श तथा क्रान्तिको स्रोतको रुपमा लिनु पर्दछ । यस्ता मानवहितका कठिनपुर्ण संघर्शहरु नेपालको दलित आन्दोलनका लागि उर्जा र प्रेरणा हुन । यहि मुक्तिकामी आन्दोलनको जगमा ” सबै मानिस स्वतन्त्र जन्मिन्छन र उनिहरुको अधिकार तथा सम्मान समान छ ” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातिय विभेद विरुद्धको अभिसन्धी -१९६५ रङ्ग तथा जातिय विभेद अन्त्यका लागि लागू गरियो ।
नेपाल लगायत दक्षिण एसियामा हाल सम्म पनि जातिय विभेद ज्युदै छ । यो जातिय विभेद बाट एसियामा करिब २३ करोड जनसंख्या उत्पीडनको जातोमा पिसिएका छन । उत्पीडन ,विभेद ,भेदभाव ,छुवाछूत जस्ता सामाजिक क्यान्सरको रुपमा रहेको भाइरसलाई चिहानमा पुर्याउन आबस्यक छ र अबको दलित समुदायको कार्यभार जातिय विभेद बिरुद्धको आन्दोलन हो । जात ब्याब्स्थाकै कारण हाल नेपालमा करिब ६५ लाख दलितहरु अमानवीय र अछुतको जिन्दगी जिउन बाध्य छन । दलित समुदायलाई करिब ४००० बर्ष देखि अमानवीय ,अछुत र अपमानित जीवन जिउन बाध्य मात्र पारिएको छैन कि सीप र श्रमको मालिक समुदायलाइ राज्यको सबै निकायवाट बन्चितिकरण र बहिस्करणमा पारिदै आएको थियो । यति ठूलो हिस्सालाइ राजनैतिक ,शैक्षिक ,सामाजिक , सास्कृतिक र आर्थिक अधिकार बाट बन्चित मात्र गरिएनकी पसुको जस्तो जीवन जिउन बाध्य पारियो ताकी लामो समय दोश्रो दर्जाको मानिसको स्थानमा बाच्न बिबस थिए । हाल सम्म पनि समानताको लडाइँ जारी नै छ ।

बिभेदका शृङ्खलाहरु
नेपालको दलित आन्दोलनलाई राजनैतिक आन्दोलन भन्दा जेठो आन्दोलनको रुपमा लिइन्छ तर बिडम्मना हाल सम्म पनि पुर्ण मुक्ति प्राप्त गर्न सकेको छैन । हामिले बिगतलाइ हेर्ने हो भने दलितहरुका लागि त्यो समय अन्धकार रातजस्ता थिय । तेतिबेला छुवाछूत ,भेदभाव ,बिभेदलाइ अनुभुती नहुने गरि प्रथा,परम्परा ,मुल्य मान्यता ,संस्कार र सस्कृतीको रुपमा कथित देबिबेवताको हवला दिदै डर र त्रास देखाइ लादिएको थियो यस्मा मनुस्मृतिको पनि देन छ साथै नेपालमा ब्राह्मणवादिहरुले पनि सन्स्थागत गरे । १९१० को मुलुकी ऐन अन्तर्गत कानुनी रुपमै मान्यता पायो ।
यस्ता खाले उत्पीडनका विरुद्ध शैलेस्वरी मन्दिर प्रबेस ,पसुपती मन्दिर प्रबेस ,पानी उघाउ संघर्श ,महान १० बर्शे जनयुद्धमा दलित समुदाय बाट मात्र १२०० जना भन्दा बढी उच्च साहादत्त र विभिन्न कष्टपुर्ण संघर्शहरुबाट केही उपलब्धि हरु हासिल भएता पनि प्रयाप्त छैन्न्न । ताकी दलितहरु समान हैसियतमा बाच्न पाउने अधिकार प्राप्त गरिसकेका छैनन्् ।
विभेद जन्य केही घटनाहरु जस्तै पराजुली थरकी युवती सङ प्रेम बिबाह गरेका काभ्रे पलान्चोक पाँचखालका अजित मिजार ( २०७३ असाढ ३० गते )लाई जातिय बिभेदकै कारण सडयन्त्र पुर्बक छुटाउने र हत्या गरियो तथा राज्यले पनि मुद्दा कमजोर बनाउन र बेवास्ता गर्नु , सामाजिक पढाउने शिक्षकले बोक्सिको आरोपमा काभ्रेपलान्चोक कोसिपारिको लक्ष्मी परियारलाइ (२०७३) बोक्सिको आरोपमा बिद्यालयको चौरको पोलमा बाधी सामुहिक उपस्थितिमा दिसापिसाब खुवाइ हत्या गर्नु , कथित उपल्लो जातिसङ प्रेम गरेकै कारण नवराज बिश्वकर्मा लगायत ६ जनाको सामुहिक हत्या गर्नु र जनप्रतिनिधिहरुले उक्त अपराधीक बिभेदको बचाउ गर्नु , उच्च पदस्थ दलित ब्यक्तिहरुले समेत कोठा नपाउनु , दृश्य व अदृश्य रुपमा विभेद गर्नु , दलित युवतिहरुलाइ कथित उच्च जातकाले प्रेमको नाटक गरि यौनशोसण तथा भोगबिलासको साधनको रुपमा हेर्नू , हेलाहोचो तरिकाले सम्बोधन गर्नु , दलित महिलाहरु माथी जघन्य हिंसा ,उत्पीडन ,दमन र शोषण थोपर्नुले अझैपनि के प्रमाणित गर्दछ भने एतिहासिक संघर्शहरुले केही परिवर्तन ल्यायतापनी हाम्रो समाजमा रहेको बिध्यमान सामाजिक क्यान्सरको समुल नस्ट गर्न जरुरी छ । नेपालको सन्दर्भमा बर्गिय समस्याका साथसाथै जातिय समस्या पनि मुख्य समस्या बनेर देखापरेको छ । डरलाग्दो कुरात के छ भने विभेद गर्ने स्वरुप परिवर्तन भएको छ साथै श्रम शिपको मालिक समुदाय बिस्तारै श्रम ,शिप र पुजि वाट बिस्थापित हुनु पर्ने र आधुनिक मजदुरमा परिणत हुने खतरा बढेको छ । यस्ता बिभेदकारी ब्याबहार बाट कति असामान्य बौद्धिकता नस्ट भयो अनुमान समेत गर्न नसकिने बिसय हो ।

अबको बाटो
नेपालमा मात्र नभएर दक्षिण एसियामा जात ब्यबस्था अनुसार सामाजिक संरचनाहरु खडा गरिएका छन । जस अन्तरगत विभिन्न संरचना ,उपसम्रचना खडा गरिएका छन । जात ब्याबस्थाका आथारमा गरिने बिभेद, भेदभाव ,छुवाछूत ,अपमान पनि समाज तथा रास्ट्र बिकाश र प्रगतिको मुख्य बाधकको रुपमा रहेको छ । यहि कारण कतिपय रास्ट्रहरु जहाँ धार्मिक र जातिय आडमा सत्ता निर्माण गरिएका छन त्याहा अझैपनी पछौटे ,अशहिस्णु आपमानजनित ,बिभेदकारी , ब्राह्मणवादी छन यस्ता सत्ताहरुमा जहिलेपनी बिद्रोह ,आबेग र द्वन्दको सम्भावना रहन्छ ।
अबको २१औ सताब्दिमा पनि मानिसहरु माथी अमानवीय ब्याबहार लाद्नु ,पछौटे तथा पस्चगामी सोच बिचार हो । समाजको संरचना अन्तरगत दलित समुदायलाइ अन्य जाती भन्दा पिधमा राख्ने काम गरियो । मानौकी यौटा घरको छानो होइनकि जगको रुपमा राखियो । कल्पना गरौकी सवैतिर बाट थिचिदा कस्तो हुन्छ होला ? अबको बाटो नया आयमाका साथ जातिगत संरचना मार्फत लादिएको उत्पीडन ,दमन ,शोषण ,विभेद ,अन्याय ,भेदभाव ,छुवाछूत अन्त्यका लागि पिध हल्लाउनु पर्द्छ ताकी ब्राह्मणवादी जातिगत संरचना तहसनहस बनाउन आबस्यक छ । बिगत करिब ४०००बर्श देखि अमानवीय जीवन जिउन बाध्य पारिएका दलित समुदायले मुक्ती पाउन र समाजमा सम्मानित समान हैसियतमा सामाजिक अनतर्घुलनका साथ जीवन यापन गर्न सकुन । मुक्तिका लागिस्पष्ट बैचारिकी निर्माण , बिद्रोह र संघर्शको बाटोनै प्रमुख साधन हो । संघर्सले मात्र बिभेद, भेदभाव ,छुवाछूतको समुलनस्ट गर्न सकिन्छ र समतामूलक सामज निर्माण गर्न सकिन्छ ।
( लेखक कृष्ण सेवा नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) निकट एकीकृत दलित मुक्ति मोर्चा नेपालका केन्द्रिय संयोजक हुन । )

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी