नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले साधुसन्तले भनेर देशमा राजतन्त्र नआउने बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै निधिले ुदेशी–विदेशी साधुसन्तले भनेर नेपालमा यो आउँछ त्यो आउँछ कसैले सोच्छ भने नसोचे हुन्छ,ु उनले भने, ुस्मरण गरौँ, हामीले यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी भएको थियो। हामीलाई रोक्न पनि खोजिएको थियो। हामी चाहिँ आफ्नै नेपाल, नेपाली फस्टलाई हामी आफैँले प्रयोगबाट प्रमाणित गरेका छौँ।
उनले कुनै पनि हालतमा राजतन्त्र नर्फकने दाबी गरेका छन्। जनताले राजतन्त्र नचाहेको र जनताको विरुद्धमा गए आफूहरू जे पनि गर्न तयार रहेको चेतावनी दिए।
कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन। कुनै पनि किसिमको राजतन्त्र फर्किने अवस्था छैन, उनले भने, जनताले चाहेको छैन, रुचाउँदैन। त्यसका लागि जे पनि गर्न तयार छौँ, हेक्का रहोस्।
इतिहासमा हेर्ने हो भने राजतन्त्र अन्त्य हुने बेलामा कस्तो दुर्गति हुन्छ तत्कालीन राजाहरूको, उनले भने, नेपाली जनताले त्यो धैर्यता, सहनशीलता, सम्मान दिएको छ। त्यो सीमालाई पार गर्न हुँदैन, सचेत गराउन चाहन्छु।