डिसिएका प्रतिभावान् खेलाडी बने नेपालको यू–१९ टिमका कप्तान

डिसिएका प्रतिभावान् खेलाडी बने नेपालको यू–१९ टिमका कप्तान

  • मङ्लबार, चैत्र ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

धनगढी : धनगढी क्रिकेट एकेडेमी डिसिएका प्रतिभाशाली खेलाडी नरेन भट्ट नेपाल यू(१९ क्रिकेट टोलीको कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान० ले उनलाई आगामी यू(१९ विश्वकप एशिया छनोट प्रतियोगिताका लागि टिमको नेतृत्व सुम्पिएको हो।

नेपाल क्रिकेट संघ ९क्यान० ले उनको निरन्तर उत्कृष्ट प्रदर्शन, अनुशासन र नेतृत्व क्षमतालाई मूल्याङ्कन गर्दै नेपाल यू-१९ क्रिकेट टोलीको कप्तानको जिम्मेवारी दिएको हो।

बैतडीको मेलौली नगरपालिका(७ काँडाका स्थायी बासिन्दा नरेन भट्ट क्रिकेटप्रति सानैदेखि आकर्षित थिए। क्रिकेट सिक्न भारतको दिल्ली आउने जाने गरेका उनले दिल्लीबाट फर्किएपछि धनगढी क्रिकेट एकेडेमी डिसिएमा अभ्यास गर्थे भने टिममा छनौट भएका अर्का खेलाडी अशोक धामी पनि डिसिएमा निरन्तर क्रिकेट अभ्यास गर्ने खेलाडी हुन् ।

धनगढी क्रिकेट एकेडेमीका ६ खेलाडी नेपाल प्रिमियर लिग ९एनपीएल० मा अनुबन्ध हुँदा नरेन भट्ट पनि समावेश भए । विराटनगर किंग्सबाट २ लाख रुपैयाँमा अनुबन्ध भएका नरेन यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नरेनले नेपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिताहरू खेलेका छन् । एसिसी यू(१६ इस्ट जोन कप मा नेपाललाई च्याम्पियन बनाउन उनले ११२ रनको शतकीय इनिङ्स खेलेका थिए। प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशबाट खेल्दै २६७ रन बनाएका उनले मधेस प्रदेशविरुद्ध १२१ रनको शानदार शतक प्रहार गरेका थिए।

उनले आयरल्यान्ड ‘ए’ टोलीविरुद्धको एक दिवसीय सिरिजमा नेपालको प्रतिनिधित्व गरेका छन् । अन्तर्राष्ट्रिय स्तरको अनुभवले उनलाई उच्च प्रतिस्पर्धाका लागि अझ परिपक्व बनाएको छ।

नेपाल यू(१९ क्रिकेट टोलीमा नरेन भट्ट ९कप्तान०, अभिषेक तिवारी ९उप(कप्तान०, नीरजकुमार यादव, साहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोषकुमार यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, अरविन्द घर्ती, सोहेल कुँवर, विपिन कुमार शर्मा, नितेश पटेल, अमर मिश्र रहेका छन् । यु–१९ टिममा परेका नरेन सँगै अशोक धामी र युवराज खत्री पनि सुदूरपश्चिमका खेलाडी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी