सुर्खेत । कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ। मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले र राखेपका उपाध्यक्ष ध्रुव आचार्यले संयुक्त रुपमा लोगो र मस्कट सार्वजनिक गरेका हुन्।
मस्कटमा रेड पाण्डा राखिएको छ भने लोगोमा ७ रङ, चन्द्र र सूर्य राखिएको छ।
लोगो र मस्कट दुवै विकास तमकुजुले बनाएका हुन्।
अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो।
दशौँ राष्ट्रिय खेलकुदका लागि कर्णालीको सुर्खेतमा रंगशाला धमाधम तयार भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline