नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले राजतन्त्र पुनस्थापना संभव नरहेको भन्दै चलखेल नगर्न राजावादीहरुलाई चेतावनी दिएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित २७ औं सांस्कृतिक प्रतिरोध दिवस, सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘फेरि अर्को मुर्खता नगरियोस्। नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर हुनसक्छ,’उनले भने, ‘राजतन्त्र पुनस्स्थापना त असम्भव छ, तर यसले बहसले समाजवादको यात्रा फराकिलो बनाउँछ भन्ने मेरो बुझाइ छ।’
उनले अहिलेको गणतन्त्र स्थापना गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको भिलेनको भूमिका महत्वपूर्ण भएको बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline