राजावादीको गतिविधि र स्ववियु चुनावका कारण स्थगित माओवादीको जागरण अभियान बिहिबारदेखि पुनः शुरु हुने

राजावादीको गतिविधि र स्ववियु चुनावका कारण स्थगित माओवादीको जागरण अभियान बिहिबारदेखि पुनः शुरु हुने

  • मङ्लबार, चैत्र ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ । फागुन १२ गतेदेखि झापाबाट सुरु भएको अभियान राजावादीहरूको गतिविधि बढेपछि स्थगित भएको थियो ।

रौतहटबाट अभियान स्थगित गरेर अध्यक्ष प्रचण्ड सहित शीर्ष नेताहरु काठमाण्डौँमा केन्द्रीत भएका थिए । साथै अभियान स्थगित गर्नुमा आज भईरहेको स्ववियु निर्वाचन, होली लगायतका कारण पनि देखाईएको थियो ।

मधेस प्रदेशको बारा र पर्सा बाँकी रहेको छ । अभियानमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू बुधबार बारा जाने कार्यतालिका रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ