फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित होइनः प्रचण्ड

फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित होइनः प्रचण्ड

  • आइतवार, चैत्र ३, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

चैत्र ३, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष दाहाल प्रचण्डले कसैको तस्बिर जलाउँदैमा पक्राउ गर्न नहुने बताउनुभएको छ । हेटौंडामा आफ्नो तस्बिर जलाएको आरोपमा प्रहरीले राप्रपा नेतालाई पक्राउ गरेपछि प्रचण्डले लोकतन्त्रमा विरोध गरेकै आधारमा पक्राउ गर्न नहुने प्रतिक्रिया दिएका हुन् ।
उहाँले फेसबुक पेजमा लेख्नुभएको छ, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’ हेटौंडामा शनिबार पूर्वप्रधानमन्त्री दाहालको फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन केन्द्रीय समितिका सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको हो । भरतपुर विमानस्थलबाट काठमाडौं जान लागेका बमलाई चितवन प्रहरीले आइतबार पक्राउ गरेको हो ।

बमविरुद्ध कसले उजुरी गर्‍यो भन्ने प्रहरीले खुलाएको छैन । मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बमलाई चितवनमा पक्राउ गरिएको पुष्टि गरेका छन् ।पूर्वप्रधानमन्त्रीको फोटो जलाउने कार्य गलत र आपराधिक क्रियाकलाप भएकाले पक्राउ गरिएको प्रवक्ता अर्यालको भनाइ छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा शनिबार हेटौंडामा संघीय सांसद दीपकबहादुर सिंहको उपस्थिति रहेको कार्यक्रममा बमले पूर्वप्रधानमन्त्री दाहालको फोटो जलाएका थिए ।

बमलाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विज्ञप्ति जारी गरेको छ । संगठनका सयोजक सुजित केसीले विज्ञप्ति जारी गर्दै बमलाई पक्राउ गरेर सरकारले नागरिकको वैयक्तिक स्वतन्त्रतालाई अवरोध गरेको आरोप लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ