सरकारको स्वेच्छाचारीताका कारण गणतन्त्रमा चूनौती थपियो : समाजवादी मोर्चा

सरकारको स्वेच्छाचारीताका कारण गणतन्त्रमा चूनौती थपियो : समाजवादी मोर्चा

  • शनिबार, चैत्र २, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

समाजवादी मोर्चाले सरकारको स्वेच्छाचारिताले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा,राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको बताएको छ।

शनिबार ललितपुरको होटल हिमालयमा पत्रकार सम्मेलन गरी मोर्चाले राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको बताएको हो।

भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको , जनताको जनजीविका कहाली लाग्दो रहेको र सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रीत रहेको मोर्चाले बताएको छ।

अध्यादेशमार्फत सरकार चलाउन खोज्ने, सदनलाई छल्ने र संसदमा दर्ता भएका महत्त्वपूर्ण विधेयकहरू नियन्त्रणमा राख्नमा सरकार उद्वत भएको मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यी सबै लगायत सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्ररूपा बढ्दै गएको मोर्चाको ठहर छ।

ुयसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको छ,ु विज्ञप्तिमा भनिएको छ।

२३८ बर्षे सामन्ती शासनको अन्त्य, १०४ बर्षे राणा शासन विरुद्धको संघर्ष, ३० बर्षे पञ्चायती निरंकुश व्यवस्थाविरुद्ध संघर्ष, ०४६ साल पछिको सामन्तवाद र पूजीवादी प्रतिक्रियावाद विरुद्धको संघर्षमा ०७ सालको आन्दोलन, ०४६ सालको जनआन्दोलन, १० वर्षको जनयुद्ध र ०६२-६३ को ऐतिहासिक जनआन्दोलनको जनताको विशेष र निर्णायक भूमिका रहेको मोर्चाले बताएको छ।

सरकारको मानोमानी, देश एवम् जनताको हित विपरितका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुर्नस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुर्नउत्थानवादी तत्वहरु लागिपरेका छन्, विज्ञप्तिमा भनिएको छ,ु यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ ।

मोर्चाले गणतन्त्रको रक्षाका लागि चैत्र १५ गते काठमाण्डौँमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ