चार देशीय वुमन्स डे मा समुह चरणको अन्तिम खेलमा नेपालद्धारा हङकङ पराजित

चार देशीय वुमन्स डे मा समुह चरणको अन्तिम खेलमा नेपालद्धारा हङकङ पराजित

  • शुक्रबार, चैत्र १, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

१ चैत, काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ । नेपाल ६ विकेटले विजयी भएको हो ।

हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँर्दै पूरा गरेको हो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् । पुजा महतो २० रनमा अविजित रहँदा इन्दु बर्माले १८ रन बनाइन् । हङकङका मेहक दिप र लाइ विनले १-१ विकेट लिए ।

त्यसअघि एन्टेबे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो । कुनै समय १३० रनको हाराहारीमा योगफल पुग्ने देखिएपनि अन्तिम ४ ओभरमा हङकङले ८ रन मात्र जोड्यो ।

हङकङका लागि शान्जिन शाहजादले अर्धशतकीय पारी खेलिन् । प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ४७ बलमा ५४ रन बनाइन् । त्यस्तै चान का यिङले १६ तथा यास्मिन दस्वानीले १४ रन बनाइन् ।

नेपालका लागि राजमती ऐरीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । पुजा महतो र ईश्‍वरी विष्टले १-१ विकेट लिए ।

समूह चरणका ६ मध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ । नेपाल समूहमा चौथो हुने पनि निश्चित भइसकेको छ ।

नेपालको ६ खेलमा ४ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको दोस्रो खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ ।

शीर्ष २ टोलीले फाइनल खेल्दा समूहमा तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी