काठमाडौँ । समाजवादी मोर्चाले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग भोली अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आज बसेको समाजवादी मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । मोर्चाले चैत १५ गते काठमाडौँ वृहत विरोध कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।
चैत १५ को प्रदर्शनमा भने गणतन्त्रको पक्षमा हजारौँको प्रदर्शन गर्ने तयारी मोर्चाले गरेको छ ।
मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नेकपा र नेसपा सामेल रहेका छन् ।
पूर्व राजाको स्वागतमा काठमाण्डौँमा शक्तिशाली प्रदर्शनपछि माओवादीको अगुवाईमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागिएको हो ।
माओवादीले तराई मधेश जागरण अभियान समेत स्गगित गरेर नेताहरु काठमाण्डौँ केन्द्रीत भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline