प्रतिक्रान्तिकारीहरुलाई पूर्ण रुपले परास्त गर्ने जिम्मा फेरी क्रान्तिकारीहरुको काँधमा आएको छ : प्रचण्ड

प्रतिक्रान्तिकारीहरुलाई पूर्ण रुपले परास्त गर्ने जिम्मा फेरी क्रान्तिकारीहरुको काँधमा आएको छ : प्रचण्ड

  • मङ्लबार, फाल्गुन २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकाहरुलाई पूर्णरुपमा परास्त गर्ने जिम्मा फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताएका छन्।

माओवादीको सहायक संगठन वाईसीएलको बैठक उद्घाटन गर्दै प्रचण्डले क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वभाविक नभएको भन्दै अझ बढी संगठित भएर पूर्ण शक्तिका साथ त्यस्ता शक्तिलाई पराजित गर्नु पर्ने बताए ।

अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरुले स्पेस पाएको महसुस गर्न थालेका उनको भनाई छ।

‘अहिले त्यही संघर्षको विन्दु सुरु भएको छ। गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्छ,’ प्रचण्डले भने, ‘युवाहरुलाई प्रतिगमनको मतियार बनाउने खतरा बढेकाले आम युवालाई अग्रगमनका लागि थप सचेत र संगठति हुन आग्रह गर्दछु।’

‘प्रतिक्रियावादी शक्तिहरुसँग आवश्यकताभन्दा बढी सहकार्य र सम्झौता गर्दा जनतामा भ्रम पर्न गएको छ,’ उनले भने, ‘परिवर्तनका एजेण्डा भनेजस्तो गरी कार्यान्वयन हुन नसकेको ठहरसहित पार्टीले गत केन्द्रीय समिति बैठकबाटै गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्ग र समुदायतर्फ फर्कने प्रक्रिया सुरु गरिसकेको छ।’

यसका लागि पार्टीले जनतासँग माओवादी अभियान सुरु गरिसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अग्रमोर्चामा युवालाई नै राखिएको र वाईसीएल पनि देशव्यापी लाखौं युवालाई तम्तयार अवस्थामा राख्नुपर्ने बताए।

पछिल्लो पटक सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय समृद्धिको पक्षमा गरेका पहलका कारण जनतामा सकारात्मक वातावरण बन्दै गएको र पार्टीले जनस्तरबाटै समाजवाद निर्माणको पहल थालेको दाबी उनले गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ