राजावादीको र्पदर्शनबाट कोही डराएको छैन : प्रचण्ड माधव नेपाल

राजावादीको र्पदर्शनबाट कोही डराएको छैन : प्रचण्ड माधव नेपाल

  • सोमवार, फाल्गुन २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

फागुण २६ काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजावादीको प्रदर्शनबाट कोही पनि नडराएको स्पष्ट पारेका छन् ।

सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकबाट निस्कने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सञ्चारकर्मीले सोधेको प्रश्नमा भने, हाम्रो कुनै मनमुटु हल्लिएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाइँको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ? ’

उनले प्रतिगामीहरूको चलखेल बढेकोमा सरकारले जिम्मेवारी लिनुपर्ने पनि बताए ।

‘सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठुलो निराशा र आक्रोश गर्छ,’ प्रचण्डले भने, ‘जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठुलो फ्रस्टेशन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ ।’

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य रहेको बताए ।

‘यस्तो गतिविधि अस्वीकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन । प्रगति चाहियो, परिवर्तन चाहियो । जनताको हित र कल्याणको शासन चाहियो । त्यो राजाबाट सम्भव छैन,’ नेपालको भनाइ छ ।

आइतबार पूर्वराजाको समर्थनमा भएको प्रदर्शनले गणतन्त्रवादीको मुटु हल्लिएको राप्रपाका नेताहरूले बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ