युगाण्डाविरुद्ध नेपालको संघर्षपूर्ण एक विकेटको जित

युगाण्डाविरुद्ध नेपालको संघर्षपूर्ण एक विकेटको जित

  • आइतवार, फाल्गुन २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ । नेपालले युगाण्डालाई पराजित गरेको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा नेपालले आयोजक युगाण्डालाई एक विकेटले पराजित गरेको हो ।

युगान्डाले दिएको ७६ रनको लक्ष्य पछाएको नेपालले १९.५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युगाण्डाले २० ओभरमा ७ विकेट गुमाउदै ७५ रन बनाएको थियो ।

यस सिरिजको दोस्रो खेलमा नेपालको यो पहिलो जित हो । शनिबारदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा नामिबियासँग हार बेहोरेको थियो । अब नेपालले अर्को खेल सोमबार हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी