पूर्व राजालाई प्रचण्डको सुझाव : सत्तामा आउने भए पार्टी खोल्नु, राजतन्त्र पुनस्थापना संभव छैन

पूर्व राजालाई प्रचण्डको सुझाव : सत्तामा आउने भए पार्टी खोल्नु, राजतन्त्र पुनस्थापना संभव छैन

  • शनिबार, फाल्गुन २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन्।

अब राजतन्त्र पुनःस्थापना असम्भव भएको दाबी प्रचण्डले गरे।

शनिबार बिहान रौतहटस्थित गरुडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीले राखेका जिज्ञासामा अध्यक्ष प्रचण्डले भने, ‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदि उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ।’

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालनका लागि सक्दो पहल गर्ने आश्वासन दिए। यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा सञ्चालनका लागि पार्टीका तर्फबाट सक्दो सहजीकरण गर्ने प्रतिबद्धता उनले जनाए।

अध्यक्ष प्रचण्डसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई–मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगेको हो।

आज दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ