अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली, प्रहरीले सोधपुछ गर्ने

अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली, प्रहरीले सोधपुछ गर्ने

  • बुधबार, फाल्गुन २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, २१ फागुन । कागजातविहीन १० नेपाली नागरिकलाई लिएर अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बुधबार बिहान करिब १० बजे विमानास्थलमा अवतरण गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई स्वदेश फर्काइएको हहो । अमेरिकी प्रशासनले आफ्नो विशेष विमानमार्फत बुधबार उनीहरूलाई फिर्ता पठाएको हो ।

विभिन्न माध्यमबाट अमेरिका पुगेर लुकिछिपी बस्दै आएका नेपालीको संख्या हजारभन्दा बढी भएको बुझिएको छ । कागजातविहीन त्यस्ता नेपालीलाई पहिलोपटक विमान चार्टर गरी ल्याइएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विदेशी नागरिक निकाल्ने अभियानलाई तीव्रता दिएका छन् । नेपाल ल्याइएको त्यस्ता व्यक्तिहरूलाई प्रहरीले सोधपुछ गर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी