सत्ता पक्षसँग संसदमा भिड्न रणनीति बनाउँदै विपक्षी दल, प्रचण्डले छाडे पार्टीको अभियान

सत्ता पक्षसँग संसदमा भिड्न रणनीति बनाउँदै विपक्षी दल, प्रचण्डले छाडे पार्टीको अभियान

  • बुधबार, फाल्गुन २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, २१ फागुन । प्रतिनिधिसभाको बैठकअघि विपक्षी सात दलको बैठक सिंहदरबारमा जारी छ । प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेको बैठकमा सरकारले प्रतिनिधिसभामा पेस गर्ने पाँचवटा अध्यादेशको विषयमा कसरी घि बढ्ने भन्ने छलफल जारी छ ।

बैठकमा माओवादीसहित, एकीकृत समाजवादी, रास्वपा, राप्रपा र आजपालगायतका दलहरु छन् । आजको प्रतिनिधिसभा बैठकमा पाँचवटा अध्यादेश निर्णयार्थ पेस गरिने कार्यसूची छ । संसद्अघि प्रचण्डले विपक्षी दलसँग छलफल गरेर अध्यादेशबारे निर्णय गर्न खोजेका छन् ।

विपक्षी दलहरूले प्रतिनिधिसभामा अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्ने भएका छन् । त्यसका लागि विपक्षी दलका सांसदहरूले सूचना दर्ता गरिसकेका छन् ।
बुधबारको बैठकमा भानुभक्त जोशी, स्वर्णिम वाग्ले, माधव सापकोटा, रणेन्द्र बराली र चन्दा कार्कीले अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । ‘यसअघि विपक्षी सात दलको संयुक्त बैठकले अध्यादेश अस्वीकृत गर्ने निर्णय गरेको थियो ।

आजको बैठकमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निर्णयार्थ पेस हुने भएको छ । तर सरकारले भूमिसम्बन्धी अध्यादेश भने अघि नबढाउने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ