जसपाका अध्यक्ष उपेन्द्र यादवलाई फकाउन नसकेपछि अन्ततः भूमि अध्यादेश अघि नबढाउन सरकार तयार भएको छ । पटक पटक छलफल गर्दै विभिन्न अफर दिए पनि यादवले भूमि अध्यादेश फिर्ता नभए सरकारलाई दिएको समर्थन नै फिर्र्ता लिने चेतावनी दिएपछि सरकार गलेको हो ।
अब सरकारले बुधबार अन्य पाँच वटा अध्यादेश भने प्रतिनिधि सभामा पेश गर्ने भएको छ ।
अन्य अध्यादेशमा भने यादवले समर्थन गरेका छन् । प्रतिनिधि सभामा बहुमत भए पनि राष्ट्रिय सभामा जसपाको तीन सिट निर्णायक रहेकाले प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेर बहादुर देउवाले यादवलाई मनाउन पटक पटक छलफल गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline