मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

  • सोमवार, फाल्गुन १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले तेस्रो पटक केपी ओली कपको उपाधि जितेको हो ।

मछिन्द्रको जितमा स्टेफन जमाहा जालीले एक गोल गरेका थिए भने अर्को गोल आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेका थिए । खेलको २९ औं मिनेटमा आर्मीका डिफेन्डर विमल पाण्डेले बल क्लियर गर्नेक्रममा आफ्नै पोष्टमा बल छिरेपछि गोल भएको थियो । मछिन्द्रले दोस्रो गोल भने खेलको ७२औं मिनेटमा गरेको थियो ।

प्रतियोगिता जितेसँगै मच्छिन्द्रले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।

यो फाइनलमा इटालियन महान विश्व कपमा विजेता पूर्व कप्तान एवम् गोलकिपर जियानलुइगी बुफोन विशेष अतिथिको रुपमा भएको उपस्थितिले दर्शकको उपस्थिति खचाखच रहेको थियो । आयोजकले जथाभावी पास वितरण गरेका कारण आधा भन्दा बढी दर्शक खेल हेर्न नै नपाएर फर्किएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी