नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्छु- प्रशिक्षक रस

नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्छु- प्रशिक्षक रस

  • सोमवार, फाल्गुन १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नव नियुक्त मुख्य प्रशिक्षक म्याट रसले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अष्ट्रेलियन प्रशिक्षक रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेपछि सोमबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् ।

प्रशिक्षक रसले साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यसहित काम गर्न लागेको बताउदै नेपाली टोलीमा योग्य र क्षमतावान् खेलाडी रहेको बताएका छन् ।

उनले विशेषगरी यु–२० टोलीका खेलाडीहरूको क्षमतालाई थप निखार्ने योजना रहेको पनि सुनाए ।

करिब २० वर्षको प्रशिक्षण अनुभव बोकेको प्रशिक्षक रसले तल्लो तहदेखि खेलाडी विकास गर्नुपर्ने आवश्यकता औंल्याउदै केही खेलाडीलाई केपी ओली कप र झापा गोल्डकपमा हेरेको र उनीहरुसँग काम गर्न उत्साहित रहेको बताए ।

अष्ट्रेलियामा सेमि–प्रोफेसनल फुटबल खेलिरहेका नेपाली खेलाडीहरूको लागि राष्ट्रिय टोलीको ढोका खुला रहने स्पष्ट पार्दै उनले सबैभन्दा योग्य खेलाडीहरूलाई अवसर दिने प्रतिवद्धता व्यक्त गरे । रसले म्यानमारविरुद्धको नेपाली महिला टोलीको खेल

हेरेको अनुभव साझा गर्दै नेपालमा फुटबलप्रति अपार क्रेज रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी